कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धामी नियुक्त
मेरोन्यूज
२०८० असार १८ गते २१:२९

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा सह–प्राडा डबलबहादुर धामी नियुक्त भएका छन् ।
यसअघिका शिक्षाध्यक्ष डा. निरेश थापाले विं.सं. २०८० वैशाख १ गते पदबाट राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा डा धामीसहित प्राडा मुनिराज क्षेत्री र सह–प्राडा कुशल भट्टराईले आवेदन र्दिएका थिए ।
दुई महिना १६ दिनसम्म खाली रहेको शिक्षाध्यक्ष पदमा उपकुलपति डा मङ्गल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा धामीलाई सो पदमा नियुक्त गरिएको हो ।
फार्माकोलोजिष्ट सह प्राडा धामी बझाङ् जिल्ला निवासी हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट एमडी इन क्लिनिकल फार्माकोलोजी एन्ड थेरापिउटिक्स अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गरेका छन् ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया