मंगलबार, चैत २४, २०८२

आज कुन देशको विनिमय दर कति ?

मेरोन्यूज २०८० असार १९ गते ८:३२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसा तोकेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसामा कारोबार गर्न सकिने भएको छ ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६५ रूपैयाँ ८४ पैसा र बिक्री दर १६६ रूपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.७२ रुपैयाँ र बिक्रीदर ९९.१७ रुपैयाँमा कारोबार गर्न सकिने छ । 

यसैगरी, जापानिज येन १० को खरिदमा ९.४ रुपैयाँ र बिक्रीदर ९.८ रुपैयाँ तथा दक्षिण कोरिया १०० को खरिदमा १०.१ रुपैयाँ र बिक्रीदर १०.५ रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया