मंगलबार, चैत २४, २०८२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० असार १९ गते ११:१८

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । मंगलबार प्रतितोला छापावाल सुन चार सय रुपैयाँ र तेजाबी सुन ३५० रुपैयाँले बढेको छ ।  

Advertisement
nepal life insurencenepal life insurence

योसँगै प्रतितोला छापावाल सुन एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन एक लाख नौ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला छापावाल सुन सय रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया