आयरल्यान्डविरुद्ध नेपालले लियो दोस्रो विकेट

काठमाडौँ । आइसीसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको लागि जारी खेलमा नेपालले दोस्रो सफलता पाएको छ।
नेपालका लागि करण केसीले ४.४ ओभरमा आयरल्यान्डका एन्डी एमक्ब्रेनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। एन्डीले १९ बलमा १७ रन मात्रै जोडेका थिए।
आयरल्यान्डविरुद्धको खेलमा अवसर पाएका किशोर महतोले विकेट लिएका छन् । उनले खेलको ५.३ ओभरमा आयरल्यान्डका एन्डी बलबिरनेईलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए।
टेस्ट राष्ट्र आयरल्यान्डसामु नेपालले २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफी ब्याटिङमा आएको आयरल्यान्डले सुरुवातमै धक्का ब्यहोरेको छ।
आयरल्यान्ड ताजा अवस्थामा ८ ओभर ब्याटिङ गर्दै २ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ।
त्यसअघि नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २६८ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछाने र गुलशन झाले आठौं विकेटका लागि अहिलेसम्मकै सर्वाधिक ८० रनको साझेदारी गरे।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया