जिम्बाबे विश्वकपबाट बाहिरियो, स्कटल्याण्ड र नेदरल्याण्डमध्य एक छनोट हुने

काठमाडौँ । स्कटटल्याण्डसँग पराजित भएपछि जिम्बाबे आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सकेन । मंगलबार भएको खेलमा घरेलु टोली जिम्बाबे स्कटल्याण्डसँग ३१ रनले पराजित भयो । यो पराजयले उसको विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ ।
जितसँगै स्कटल्याण्डले विश्वकप खेल्ने आशा जीवित राखेको छ । अब अन्तिम सुपर सिक्स खेलमा नेदरल्याण्ड्ससँग नकआउट भिडन्त हुनेछ, जसको विजेताले विश्वकपमा स्थान बनाउँने छ । श्रीलंकाले भने विश्वकपको यात्रा तय गरिसकेको छ ।
जिम्बावेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । स्कटल्यान्डका ओपनरहरूले आफ्नो टोलीलाई स्थिर सुरुवात दिए। क्रिस्टोफर म्याकब्राइडले म्याथ्यु क्रससँग पहिलो विकेटका लागि ५६ रन जोडे। म्याथ्यु क्रसले ३८ र म्याकब्राइडले २८ रनको योगदान दिए ।
गत खेलका नायक ब्रान्डन म्याकमुलेनले पनि ३४ र जर्ज मुन्सेले ३१ रनको योगदान दिए । अन्त्यमा माइकल लिस्कको ४८ र मार्क वाटको नट आउट २१ रनको इनिङ्सले टोलीको स्कोर २३४ रनमा पुर्यायो र आयोजकहरूसामु चुनौतीपूर्ण लक्ष्य राख्यो।
लक्ष्यको जवाफमा जिम्बाब्वेको सुरुआत निकै कमजोर रह्यो, पहिलो बलमा जोयलार्ड गुम्बी आउट भए भने क्रेग इर्विनले २ रन, इनोसेन्ट केइया र सन विलियम्स १२–१२ रन बनाएर प्याभिलियन फर्के ।
इनिङ्सको सुरुवातमा आयोजकले ३७ रनमा ४ विकेट गुमाएको थियो तर यहाँबाट सिकन्दर रजाले रायन बर्लसँग ५४ रन जोडे जसमा रजाले ३४ रन बनाए तर रजाको विकेट खसेपछि जिम्बाब्वेको आशा लगभग समाप्त भएको थियो । रायन बर्लले अन्तिमसम्म हार मानेनन् र टोलीलाई लक्ष्यको नजिक पुर्याए ।
रायन बर्लले ८३ रनको उत्कृष्ट इनिङ खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । यो हारसँगै जिम्बाबे प्रतियोगिताबाट बाहिरिएको छ ।
नेदरल्याण्ड्सको भन्दा कम नेट रन रेटका कारण आयोजक टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । जुलाई ६ मा हुने स्कटल्यान्ड र नेदरल्याण्ड्सबीचको खेलको विजेता टोली २०२३ को विश्वकप खेल्ने छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
प्रतिक्रिया