बाढी पहिरोले ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । १३ वटा सडक एकतर्फी सन्चालनमा रहेको विभागले जनाएको छ । छन् ।
विभागले अध्यावधिक गरेको विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग पहिरो र बाढीका कारण अवरुद्ध छन् ।
मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ’ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।
तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध रहेको विभागले तयार पारेको सूचीमा उल्लेख छ ।
विभागले तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड, यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड एकतर्फी सन्चालनमा रहेको जनाएको छ ।
हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।
हालसम्म सडकमा २ लाख ४९ हजार ६२३ रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।

















अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु,३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
सामसङ नेपालले घोषणा गर्यो होलीको अफर
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया