सिम्रौनगढका तत्कालीन निमित्त प्रशाकीय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेरोन्यूज
२०८० असार २० गते १६:२१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित नगरपालिकाका ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरूमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत समेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कुशवाहले सिम्रौनगढ नगरपालिका–२ को रानीबास संग्रहालय भवन निर्माण र अन्य दुई योजनामा काम भएको भन्दा करिब ६ लाख रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको आरोप छ ।
सम्बन्धित
















बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल
स्वदेश फर्किए राष्ट्रपति पाैडेल
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया