भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिने एमालेकी उपमेयर पक्राउ

काठमाडौँ । सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ। फर्जी कागजपत्र पेश गरेर नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिएको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।
उपमेयर पक्राउ परेपछि उनका श्रीमान भने फरार भएका छन् । उनी नेकपा एमालेबाट गत वर्ष सम्पन्न स्थानीय तह चुनावमा उम्मेदवार बनेर विजयी बनेकी थिइन् ।
सप्तरीकी सूचना अधिकारी एसपी नरेन्द्र कार्कीले उपमेयरलाई नागरिकताका विषयमा पक्राउ गरिएको जानकारी दिए। अहिले उनलाई हिरासतमा राखिएको छ।
उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ। उनीहरुविरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका छन् ।
कृष्णकुमारको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न मानेको थिएन । त्यसपछि उनी उच्च अदालत जनकपुरको राजविराज इजलास पुगे । अदालतले आदेश दिएपछि जिल्ला प्रहरी कार्यालयले उपमेयर यादव दम्पतीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
सोही मुद्दामा उपमेयर यादव पक्राउ परेकी हुन् ।
















अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु,३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
सामसङ नेपालले घोषणा गर्यो होलीको अफर
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया