अवैध रूपमा अमेरिकी डलरको कारोबार गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८० असार २१ गते १९:५८

काठमाडौं । अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको अभियोगमा ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका-६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको हो ।
उनलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।
सम्बन्धित
















बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल
स्वदेश फर्किए राष्ट्रपति पाैडेल
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया