श्रीमतीको हत्या गरी झुण्डिएर आत्महत्या

इलाम । इलाममा एक जनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ ।
गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको एसपी घिमिरेले बताए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।
गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए ।
पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । (रासस)
















अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु,३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
सामसङ नेपालले घोषणा गर्यो होलीको अफर
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया