गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला
काठमाडौँ । गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखला लाग्ने देखिएको हो ।
परिषद् र लिड्स नेपालले काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा गरिएको अध्ययनमा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको पाइएको हो ।
गोबर ग्यास प्रयोग गर्ने आमाले बच्चालाई दूध खुवाउँदा सरसफाइ नगर्ने, गोबर प्रयोगपछि साबुन पानीले राम्ररी हात नधुने, लुगा परिवर्तन नगर्ने जस्ता कारणले बालबालिकालाई झाडापखाला बढी लाग्ने गरेको अनुसन्धानमा संलग्न धीरज पोखरेलले जानकारी दिए ।
उनका अनुसार गोबरमा रहेको जीवाणुले नै बालबालिकालाई झाडापखला लाग्ने र झाडापखालका कारणले बालबालिकाको वृद्धि विकासमा असर पर्ने बताए । झाडापखलाका कारण बालबालिकामा पुड्कोपनाको समस्या देखिन्छ । उक्त अध्ययनमा पाँच सय ५० बालबालिकामा गरिएको थियो ।
ती बालबालिकामध्ये ५० प्रतिशत गोबर ग्यास प्रयोगकर्ता परिवारका र ५० प्रतिशत दाउरा प्रयोग गर्ने परिवारका बालबालिका थिए । दुई वर्षमा गरिएको अध्ययनमा बालबालिकालाई के कस्ता खानेकुरा आएको, किन ज्वरो आएको जस्ता कुरा सोधिएको थियो ।
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया