राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंगिन्छ : मन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न देशमा रिक्त राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंगिने बताएका छन् ।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले राजदूत नियुक्त चाँडै हुने बताएका हुन् । उनले राजदूत नियुक्तिको बारेमा निर्देशिकामा स्पष्ट रुपमा ५० प्रतिशत कर्मचारी परराष्ट्र सेवाबाट र ५० प्रतिशत कर्मचारी बाहिरबाट दिने किसिमको कार्यविधि रहेकाले सोही अनुसार अघि बढाउने बताए ।
‘राजदूत नियुक्तिबारे अब हाम्रो निर्देशिकामा स्पष्ट रुपमा ५० प्रतिशत कर्मचारी परराष्ट्र सेवाबाट र ५० प्रतिशत कर्मचारी बाहिरबाट दिने किसिमको हाम्रो कार्यविधि छँदैछ, सो अनुरुप यथाशिघ्र राजदूत नियुक्तिको प्रक्रिया थाल्नेछु,’ उनले भने, ‘गम्भीर छलफलको चरणमा छौँ, चाँडै सम्पन्न हुनेछ ।’
मन्त्री साउदले यथाशिघ्र राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने दाबी गरे ।














आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया