प्रधानमन्त्री दाहालकी पत्नी सीताको निधन
मेरोन्यूज
२०८० असार २७ गते ९:२०

काठमाडौँ । प्रधानमन्त्री पत्नी सिता दाहालको ६९ वर्षको उपचारका क्रममा आज बिहान निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्माले सिताको बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री दाहाल पनि नर्भिक अस्पताल पुगेका छन् ।
नर्भिक अस्पतालले औपचारिक जानकारी दिनका लागि साढे नौ बजे औपचारिक जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्दैछ ।
उनी लामो समयदेखि विरामी थिइन् ।

सम्बन्धित
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया