कांग्रेसमा नीति महाधिवेशन टारेर महासमिति बैठक !

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले माग गर्दै आएको नीति महाधिवेशन नगर्ने भएको छ । कांग्रेसमा नीति महाधिवेशन कस्तो हुन्छ ? यसले के गर्छ ? जस्ता विषयको व्याख्या भइनसकेकाले हुने सम्भावना कम हुँदै गएको हो ।
नेताहरुले नीति महाधिवेशनको सट्टा विधानको व्यवस्था र अहिलेसम्मको अवस्था हेर्दा आगामी भदौ अन्तिम वा असोज पहिला साता महासमिति बैठक आह्वान हुने सम्भावना बढ्दै गएको बताउँछन् ।
२०७८ मंसिरमा भएको १४औं महाधिवेशनको क्रममा कांग्रेसले नेतृत्व मात्र चयन गरेर छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरे पनि नीति महाधिवेशन कस्तो हुन्छ ? यसले के गर्छ ? जस्ता विषयको व्याख्या कांग्रेसले गरेको छैन । तसर्थ नीति महाधिवेशन गरेर ५ वर्षका लागि नीति बनाउने महाधिवेशनका बेलाको सहमतिबाट नेताहरू पछि हटेका हुन् ।
नीति महाधिवेशन र महासमिति बैठक सहभागी संख्या बाहेक खास फरक छैन । त्यसैले अब नीति महाधिवेशनको साटो महासमिति बैठक गर्ने अनौपचारिक सहमतिमा नेताहरु पुगिसकेका छन् ।
कांग्रेस विधान अनुसार महासमिति बैठक गर्न समेत ढिला भइसक्यो । विधानको दफा २० मा महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष महासमिति बैठक गर्ने भनिएको छ । महाधिवेशन सम्पन्न भएको डेढ वर्ष भइसक्यो ।
कांग्रेसका प्रचार विभाग प्रमुख केन्द्रीय सदस्य मीन विश्वकर्माले नीति महाधिवेशनको सट्टा महासमिति बैठक आह्वान गर्ने सम्भावना प्वल रहेको बताए ।
‘महाधिवेशनको हलले नीति महाधिवेशन गर्ने भने पनि यसबारे विधानमा केही बोलिएको छैन । अब गर्दा नयाँ अभ्यास सुरु गर्नुपर्ने हुन्छ । बरु विधानमा महासमिति बैठकको व्यवस्था छ । सहभागी संख्याबाहेक अरु फरक नभएकाले यसमा सहमति खोज्न सक्छौं,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने ।
संस्थापनको यो धारणामा संस्थापन इतर समूह पनि सहमत रहेको नेताहरू बताउँछन् ।
कांग्रेसले २ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यही बैठकको एजेण्डा तय गर्ने क्रममा बोलाउने परामर्श बैठकले महासमिति बैठक बोलाउने निर्णय गर्न सक्ने नेताहरू बताउँछन् ।
विधानअनुसार, हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक सभापति शेरबहादुर देउवाले एक वर्षपछि २७ असारमा दिउँसो १ बजे बोलाएका थिए । तर, स्थगित गरेर पुनः साउन २ गतेका लागि सारिएको छ ।
अघिल्लो केन्द्रीय समिति बैठक गत वर्ष २७ असारमा सुरु भएर २ साउनमै सकिएको थियो ।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया