भरतपुर अस्पतालमा स्वास्थ्य मन्त्री जोशीको छड्के
मेरोन्यूज
२०८० असार २८ गते २०:४७

काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् ।
अस्पतालभित्रको फार्मेसीमा औषधि किन्न सास्ती हुने गरेको गुनासो आएपछि मन्त्री जोशीले आज आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा औषधि लिने सेवाग्राहीको लामो साइन रहेको र फार्मेसीको काउन्टर खाली रहेको पाइएको मन्त्री जोशीको सचिवालयले जनाएको छ ।
मन्त्री जोशीले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल र अध्यक्ष राजु पौडेललाई बोलाई आफ्नो डियूटी समयमा काममा नआउने कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न निर्देशन दिए ।
मन्त्री जोशीले फार्मेसीमा बीमामार्फत् २४ सैं घण्टा औषधि किन्न मिल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया