पाकिस्तानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ रोजेको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
केही केही समय अघिबाट सुरु भएको खेलमा टेस्ट राष्ट्र पाकिस्तानले आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली छन् ।
नेपाली टोलीको कप्तानी रोहित पौडेल र पाकिस्तानको कप्तानी मोहम्मद हारिसले गरिरहेका छन् ।
इमर्जिङ टिम्स एसिया कपको तीन संस्करण खेलेको नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक हङकङलाई हराएको थियो ।
इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ ।
समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।
The Match is underway!??
— CAN (@CricketNep) July 14, 2023
Nepal won the toss and elected to bat first?
?? vs ??#weCAN #ACCemergingcup pic.twitter.com/37udTEke1r
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया