नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य
मेरोन्यूज
२०८० असार २९ गते १३:१०

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’लाई नेपालले १८० रनको लक्ष्य दिएको छ ।
नेपाल ३७ ओभरमा १७९ रन बनाएर अलआउट भयो ।
नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाए । कामीले १०० बलमा ७५ रन बनाए ।
उनीबाहेक नेपालका लागि प्रतिश जिसीले २६, गुलशन झाले १३, कुशल मल्लले १७ अर्जुन साउदले १७ र आशिफ शेखले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि मोहम्मद वासिमले १० ओभरमा ५१ रन दिएर ४ विकेट लिए । त्यस्तै सहनवाज धानीले १० ओभरमा ३८ रन दिएर ५ विकेट लिए ।
सम्बन्धित
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया