के कारण टुटेको थियो सैफ अली र अमृताको सम्बन्ध

मुम्बइ। अमृता सिंह र सैफ अली खानको सम्बन्ध सन् २००४ मा टुटेको थियो, जबकी सन् १९९१ मा दुवैले गोप्य विवाह गरेका थिए । तर दुवैको सम्बन्ध १४ वर्ष मात्र टिक्यो ।
तर, यति धेरै माया हुँदाहुँदै पनि के भयो कि दुईको सम्बन्ध नराम्रोसँग टुट्यो भन्ने अझै खुल्दुली मानिसहरुलाई लागिरहेको छ । जब तिनीहरूको सम्बन्ध विच्छेद भइरहेको थियो, तिनीहरूको मन एक अर्का प्रति घृणा र क्रोधले भरिएको थियो। उनीहरुको बीचमा आएकी एक मोडेलले उनीहरुको जिन्दगीको पुरै खेल बिगारेको बताउँदै आइएको छ, जो विदेशी मोडल रोजा थिइन् ।
भनिन्छ, छोरी सारा अली खानको जन्म पछि मात्रै सैफ र अमृताको सम्बन्धमा दरार आएको थियो तर कुनै न कुनै रूपमा दुवैले यो सम्बन्ध कायम नै राखिरहेका थिए तर जब छोरा इब्राहिम अली खानको जन्म भयो तब कुराहरु क्रमशः बिग्रँदै गयो । रिपोर्टका अनुसार त्यतिबेला सैफ अली खान विदेशी मोडल रोजासँग प्रेममा परेका थिए, बिस्तारै उनीहरुको नजिक हुन थालेका थिए । त्यसपछि मिडियामा पनि यसको खबर आयो र फिल्म म्यागजिनमा उनीहरुको अफेयरको चर्चा परिचर्चासमेत हुन थाल्यो ।
जब अमृतालाई यो कुरा थाहा पाइन, उनी निकै आक्रोशित भइन् । त्यतिबेला दुवैबीच ठुलै झगडासमेत भएको थियो । दुवैले केही समय दुःख पाए तर पछि एक अर्का प्रति रिसाएर अन्ततः सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगे । सन् २००४ मा अदालतले उनीहरुलाई कानुनी रुपमा नै अलग गरेको थियो । त्यतिबेला अमृताले पाँच करोड भारु पाएकी थिइन् ।
सम्बन्धविच्छेदपछि अमृताले सन्तानलाई एक्लै हुर्काएकी थिइन् भने सैफ रोजासँग लिभ इन रिलेशनशिपमा बस्न थालेका थिए तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । चाँडै यो पनि समाप्त भयो र केही वर्षपछि सैफको जीवनमा करीना कपुर आइन् । अहिले सैफ अली करिनासँग बिबाह गरेर बसेका छन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया