एनआरएनए केन्याको अध्यक्षमा अधिकारी

काठमाडाैं । गैर आवासिय नेपाली संघ (एनआरएनए) केन्याको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे छ । महाधिवेशन राजधानी नैरोबीस्थित अंगुठी रेष्टुरेन्टको हलमा सम्पन्न भएको हाे ।
राष्ट्रिय समन्वय परिषद केन्याका अध्यक्ष्य कृष्ण प्रसाद गैरेको सभापतित्व एवं केन्याको लागि अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)पूर्व सदस्य यादव काफ्ले, संस्थापक अध्यक्ष एवं केन्द्रीय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्की उपस्थिति रहेका थिए ।
संस्थाको २०२१/२०२३ को वार्षिक प्रतिवेदन समितिका महासचिव यज्ञमणि रेग्मी (भरत)ले पेश गरेका थिए भने कोषाध्यक्ष रवि जैनले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
यसैबीचमा पाँचौँ महाधिवेसनभित्रै समेटिएको नयाँ कार्य समिति गठनको निम्ति निर्वाचनको कार्यक्रम रहे पनि सबै पदका उमेद्वारहरु निर्विराेध भए ।
कृष्ण दत्त भट्टको निर्वाचन समिति संयोजक रहेको सामितिको सदस्यमा कृष्ण प्रसाद भण्डारी यादव काफ्ले रहेका थिए । निर्वाचन संयोजक कृष्ण भट्टले नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । प्रमुख अतिथि जिम्मी अस्कर, अतिथि कुलबहादुर कार्की र यादव काफ्लेले नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा अतिथिहरु कृष्ण दत्त भट्ट र कुल बहादुर कार्कीले नयाँ समितिलाई एक भएर ‘टिमवर्क’का साथ अगाडि बढ्न सल्लाह दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
यस्तै आज बसेको कार्य समितिको बैठकले २०२३/०२५ का लागि संरक्षक र सल्लाहकार पनि गठन गर्यो । संरक्षकमा कुल बहादुर कार्की र यादव प्र. काफ्ले तथा सल्लाहकारमा कृष्ण दत्त भट्ट, मान बाहदुर कामी, लक्ष्मी बुलुन र कुष्ण प्रसाद भण्डारी भएका छन् । कार्यक्रमको सन्चालन पूर्व अध्यक्ष कृष्ण दत भट्टले गरेका थिए ।
निर्विराेध नयाँ कार्य समिति २०२३/०२५ आईसीसी सदस्य
-अध्यक्ष शिव लाल अधिकारी
-उपाध्यक्ष यज्ञमणि रेग्मी (भरत)
-महिला उपाध्यक्ष मिरा गिरी
-महासचिव रवि जैन
-सचिव प्रभाकर भण्डारी
-कोसाध्यक्ष दिपक अधिकारी
-सह कोसाध्यक्ष्य कमल राज अधिकारी
-महिला संयोजक कल्यणी कफ्ले
-युवा संयोजक किसन रुथ
कार्यकारीणि सदस्यहरु
-राजन अधिकारी
-सन्तोष कंडेल
-डा. राजेश चौधरी
-बिस्णु भुसाल
-गणेस बाहदुर कामी
-अविका प्रसादभण्डारी
-मदन श्रेष्ठ
-आन्द आलोक यादब

















हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी
एमाले अध्यक्ष ओलीले गरे मतदान
महासंघ अध्यक्ष ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रबाट गरे मतदान
मेचीनगरमा १०४ बर्षीय बृद्धाले हालिन् भोट
रसुवामा मतदान जारी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया