सेवा ठप्प पारेर अस्पतालका स्वास्थ्यकर्मीले गरे आन्दोलन

काठमाडौँ । बाराको सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ ।
अस्पतालमा कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा तालाबन्दी गरी धर्नामा बसेका छन् ।
सिम्रौनगढ नगर अस्पताल प्रमुख डा. जितेन्द्र यादव, श्यामसुन्दर कुशवाहा, रविन हुसेन, पवन पटेल, अयुब मिया अन्सारी, ललिता यादव, नितु गुप्ता, रञ्जु कुशवाहा, सन्तोषकुमार कुशवाहा लगायतका २४ जना कर्मचारीहरूले सोमबार बिहान ११ः४५ बजे अस्पतालको मूल ढोकामा ताला लगाएका हुन् ।
तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्व भत्ता र सेवा अवधि थप लगायतका मागहरू यथाशीघ्र पूरा गर्नु पर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् ।
आफ्ना माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् । यसअघि नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीहरुले आइतबारबाट वडा कार्यालयमा तालाबन्दी गरेर सेवा ठप्प पार्दै आएका छन् ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया