प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने न्यायाधीशलाई बहुविवाहको हैरानी

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई अनुमोदन गर्नु हुन्न भनेर संसदीय सुनुवाइ समितिमा उजुरी दिने त्यसबेला अर्घाखाँची जिल्ला अदालतमा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले अहिले बहुविवाह गरेका कारण हैरानी खेपिरहेका छन् ।
त्यसबेला अर्घाखाँची जिल्ला अदालतमा न्यायाधीश रहेका भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका बेला ‘प्रधानन्यायाधीश पदमा नियुक्त हुन अयोग्य रहेको’ भन्दै उजुरी दिएका थिए । तर, उजुरीकर्तासँग समितिका सबै सदस्यहरुले सामूहिक छलफल गर्नुपर्छ भन्ने उनको माग पूरा भएन । र, प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भयो ।
कार्कीको नाम समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएपछि भट्टराईले आफूले योग्यतामा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै प्रधानन्यायाधीश पद छाडेका थिए ।
न्यायाधीश पदबाट राजीनामा दिएपछि उनै डा. भट्टराई अहिले बहुविवाह मुद्दामा झमेला झेलिरहेका छन् ।
२५ असारमा जिल्ला अदालत लमजुङमा डा. भट्टराईले जेठी श्रीमति मिठू भट्टराईविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् ।
बहुविवाहको छानबिनमा तानिने र पेन्सन बाँड्नुपर्ने भएपछि अवकाश लगत्तै भट्टराईले सम्बन्धविच्छेद मुद्दा दर्ता गरेका हुन् ।
डा. भट्टराईले पहिलो पत्नी मिठूको आफूसँग कुनै सम्बन्ध नभएको देखाउन नागरिकतामा भएको थरको सट्टा फिरादमा मिठू सिलवाल उल्लेख गरेका छन् । मिठूको नागरितामा थर भट्टराई र पतीको नाम श्रीकृष्ण भट्टराई उल्लेख छ ।
अदालतमा फिरादपत्र दर्ता गर्दै डा( भट्टराईले ‘पहिलो श्रीमतीसँग घरजम हुन नसकेपछि आफूले सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गरेको’ स्वीकारेका छन् ।
मिठुको मौखिक सहमतिमा दोस्रो विवाह गरेको दाबी गर्दै उनले प्राविधिक रुपमा कायम रहन गएको पति–पत्नीको नाता सम्बन्ध विधिवत विच्छेद गरिपाऊँ भनी लमजुङ अदालतमा निवेदन दिएका हुन् ।
मुद्दामा पूर्वन्यायाधीश भट्टराईले एलएलसी दिएलगत्तै आफूले बाबुआमाको जोडबल र करकापमा विवाह गरेको दाबी गरेका छन् । २०४२ सालमा बिहे गरेका उनले आफू र पहिलो श्रीमतीबीच उमेरमा समेत बेमेल रहेको उल्लेख गरेका छन् ।
डा. भट्टराईका पहिलो श्रीमतीबाट दुई छोरी छन् ।
आफ्नो र श्रीमतीको विवाहदर्ता नभएको अवस्थामा २ जेठ २०४३ सालमा आफ्नो नागरिकता गायब भएको र श्रीमतीले त्यो लिएर प्रतिलिपीको आधारमा अर्को नागरिकता बनाएको उल्लेख गरेका छन् । पहिलो श्रीमतीले ‘म तपाईँको घर जादिनँ, छोरी पनि तपाइँको घर टेक्दिन । अर्को विवाह गरेमा उजुरबाजुर गर्दिन’ भनेकाले आफूले अर्को विवाह गरेको उनले निवेदनमा उल्लेख गरेका छन् ।
भट्टराईले २६ मंसिर २०५६ मा शारदा सिलवालसँग दोस्रो विवाह गरेका छन् ।
दोस्रो श्रीमतीबाट जन्मेको छोराको असामयिक निधनपछि आफू र पत्नीबीच अंशबण्डा भएकोसमेत स्वीकारेका छन् ।
दोस्रो श्रीमतीबाट जन्मेको छोराको देहान्तपछि पहिलो श्रीमतीले धाकधम्की दिनथालेको भन्दै उनले दवाव र मानसिक यातना कायम भएकाले प्राविधिक रुपमा बाँकी रहेको सम्बन्धविच्छेको काम टुंग्याउन फिरादपत्र दर्ता गरेको दाबी भट्टराईले गरेका छन् ।
उयर्ता उनकोृ परिवारका सदस्यहरूले भने पूर्वन्यायाधीश भट्टराईले फिरादपत्रमा गरेको दाबी सही नभएको बताउँछन् । अवकाशपछि बनाउने पेन्सनपट्टामा पहिलो श्रीमतीले हकदावी गर्ने भएकाले त्यसबाट उम्किन सम्बन्धविच्छेदको निवेदन दिएको परिवारका सदस्यहरू बताउँछन् ।







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया