एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले ६ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा १४६ रन बनायो ।
यस सिजनमा लुम्बिनीले पहिलो खेलमा नै जित निकालेको हो । चितवन भने लगातार दोस्रो जित निकाल्न असफल भएको छ । सिजनको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।चितवनका रवि बोपाराले यस खेलमा अर्धशतक प्रहार गरे थिए । उनले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । उनको अर्धशतकले टिमलाई हारबाट जोगाउन सकेन । बोपारा जारी सिजनमा दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
लुम्बिनीको जितमा गुलबदिन नैबले सर्वाधिक अविजीत ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३९ रन जोडे । उनले ४४ बल खेल्दै एक चौका प्रहार गरे ।ओपनर सन्दीप जोराले भने १८ बलमा २८ रन जोड्दा चार चौका हाने ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया