बिहीबार, माघ २२, २०८२

महोत्तरीमा अज्ञात समूहबाट कुटिए डिएसपी

मेरोन्यूज २०८० साउन ७ गते १०:५७

महोत्तरी । महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्। प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादवमाथि कुटपिट भएको हो ।

यादवमाथि शुक्रबार राति १० बजे जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो । घटना आइतबार मात्र सार्वजनिक भएकाले रहस्यमय मानिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार अहिले उनको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा फ्याक्चर भएको छ ।

घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्य समिति गठन गरेको छ।

प्रतिक्रिया