एमालेले तोक्यो ६ वटा प्रदेशको अधिवेशनको मिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ प्रदेशको अधिवेशनको मिति तय गरेको छ । एमालेले गण्डकी बाहेकका प्रदेशको अधिवेशनको मिति तोकेको हो ।
गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी रहेको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार कोशी प्रदेशको अधिवेशन १२–१३ असोजमा हुनेछ । मधेश प्रदेशको ५–६ असोज र बागमती प्रदेशको ८–९ असोजमा अधिवेशन हुनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेका छन् । लुम्बिनीको १६–१७ भदौमा कर्णालीको २९–३० भदौमा र सुदूरपश्चिमको २२–२३ भदौमा अधिवेशनको मिति तोकिएको छ ।
अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको अधिकारीले बताए । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ ।
प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ ।
प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ ।
एमालेले आउने एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ । त्यसअनुसार, सवैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारीमा पार्टी पंक्ति परिचालित भएको अधिकारीले बताए ।

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया