प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेटवार्ता
मेरोन्यूज
२०८० साउन ८ गते १८:४९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली–२०२३ सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो।
सम्मेलनमा सम्बोधनपछि दाहालसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो साढे १ बजे महासचिव गुटर्रेसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको सचिवालयले जनाएको छ।
सम्बन्धित

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया