कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै

चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत शुरू गरेको छ ।
बर्खाको समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट मर्मतको काम अगाडि बढाएको हो ।
सोमवारदेखि सडक मर्मतको काम शुरू गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । उनले कसराबाट रिउसम्मको ९ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताए ।
हुलाकी सडकखण्डअन्तर्गत पर्ने सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ । ‘संघीय र प्रदेश सरकारबाट बजेट नपरेपछि आन्तरिक स्रोतबाटै सडक मर्मतको काम शुरू गरेका हौं,’ नगर प्रमुख महतोले भने, ‘सडक मर्मतपश्चात नागरिकलाई केही सहजता हुनेछ ।’
१ हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको उनले बताए । सडकखण्डको स्तरोन्नति र कालोपत्रका लागि प्रत्येक पटक चुनावी नारा बन्छ तर यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन ।
यहाँ सडक कालोपत्रका लागि चितवन राष्ट्रिय निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकनका लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगर प्रमुख महतोले बताए । सडक निर्माणका लागि पटक–पटक संघीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ । यो सडक हुँदै दैनिक सयौं यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया