कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै

चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत शुरू गरेको छ ।
बर्खाको समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट मर्मतको काम अगाडि बढाएको हो ।
सोमवारदेखि सडक मर्मतको काम शुरू गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । उनले कसराबाट रिउसम्मको ९ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताए ।
हुलाकी सडकखण्डअन्तर्गत पर्ने सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ । ‘संघीय र प्रदेश सरकारबाट बजेट नपरेपछि आन्तरिक स्रोतबाटै सडक मर्मतको काम शुरू गरेका हौं,’ नगर प्रमुख महतोले भने, ‘सडक मर्मतपश्चात नागरिकलाई केही सहजता हुनेछ ।’
१ हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको उनले बताए । सडकखण्डको स्तरोन्नति र कालोपत्रका लागि प्रत्येक पटक चुनावी नारा बन्छ तर यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन ।
यहाँ सडक कालोपत्रका लागि चितवन राष्ट्रिय निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकनका लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगर प्रमुख महतोले बताए । सडक निर्माणका लागि पटक–पटक संघीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ । यो सडक हुँदै दैनिक सयौं यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया