बिहीबार, माघ २२, २०८२

सामदिनमा भएको जिप दुर्घटनामा १ को मृत्यु, १३ घाइते

मेरोन्यूज २०८० साउन ९ गते १४:४५

पाँचथर । झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो एक बजे भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको निधन भए पनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जनाको अवस्था गम्भीर भएको डीएसपी खतिवडाले बताए । उनीहरूलाई थप उपचारका लागि झापा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया