शुक्रबार, वैशाख २५, २०८३

कोशी सरकार गठन विवाद हेर्दाहेर्दैमा

मेरोन्यूज २०८० साउन ९ गते १७:५६

काठमाडौं । कोशी प्रदेश सरकार गठन विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा सकिएको छ । रिटको बुधवारका लागि पेसी तोकिएको छ।

Advertisement
NiccNicc

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दामा निवेदकका कानुन व्यवसायीहरुको जवाफी बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो।

बुधवार थप बहसपछि इजलासले फैसला सुनाउनेछ। सर्वोच्च अदालतले सुनाउने फैसलाले कोशी प्रदेश सरकारको भविष्य निर्धारण हुनेछ।

मंगलबार निवेदक निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, टीकाराम भट्टराई, महेश न्यौपाने, सुरेन्द्र भण्डारी र डा भीमार्जुन आचार्य लगायतले बहस गरेका थिए । सरकारका तर्फबाट महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलको नेतृत्वमा नायव महान्यायाधिवक्ता विश्वराज कोइराला लगायतले बहस गरेका थिए।

प्रदेश सभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर संलग्न गरी नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गरिएको थियो । त्यो कार्य संविधानविपरीत भएको भन्दै नेकपा एमालेका प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया