कांग्रेका महामन्त्री, दुई सह-महामन्त्री, प्रमुख सचेतकसहित ८ नेतालाई १५/१५ हजार जरिवाना

काठमाडौँ । निर्वाचन खर्च विवरण सार्वजनिक नगरेपछि नेपाली कांग्रेसका महामन्त्री, सहमहामन्त्रीसहित ८ नेता १५/१५ हजार जरिवानामा परेका छन् । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका कांग्रेसका ८ नेता १५/१५ हजार जरिवानामा परेका हुन् ।
निर्वाचन खर्च विवरण सार्वजनिक नगरेपछि १५ हजार जरिवानामा पर्नेमा कांग्रेस महामन्त्री गगन थापा पनि छन् । उनी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका सहमहामन्त्रीद्वय उमाकान्नत चौधरी र महालक्ष्मी उपाध्याय (डिना) पनि १५ हजार जरिवानामा परेका छन् । चौधरी बारा –१ बाट र उपाध्याय मकवानपुर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।
निर्वाचन खर्च सार्वजनिक नगर्नेमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छन् । कञ्चनपुर ३ बाट विजयी उनले पनि १५ हजार जरिवाना तिर्नुपर्ने भएको छ।
केन्द्रीय सदस्यसमेत रहेका परराष्ट्र मन्त्री नारायणप्रकाश साउद पनि जरिवानामा परेका छन्। साउद कञ्चनपुर २ बाट विजयी भएका थिए।
कांग्रेसका नेता विजय गच्छारले पनि निर्वाचन खर्च सार्वजनिक नगरेर कारबाहीमा परेका छन् । उनी सुनसरी ३ बाट कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीले पनि निर्वाचन खर्च सार्वजनिक नगरेर जरिवानामा परेका छन् । नवलपरासी पश्चिम १ बाट उम्मेदवार बनेर निर्वाचन जितेका चौधरीले पनि १५ हजार जरिवाना तिर्नु पर्ने भएको छ ।
त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ २ बाट उम्मेदवार भएर निर्वाचित भएका शंकर भण्डारी पनि १५ हजार कारबाहीमा परेका छन् ।
आयोगले उनीहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम गत वैशाख ६ गतेदेखि १२ गतेसम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन आयोगले दिएको थियो। तर, त्यो समयमा उनीहरूले खर्च सार्वजनिक गरेका थिएनन् ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया