बिहीबार, माघ २२, २०८२

गोरखापत्रका १२ जनाको नियुक्ति कानुन विपरीत भएको भन्दै खारेज गर्न निर्देशन

मेरोन्यूज २०८० साउन १० गते ९:२९

​​​​​​​काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई भ्रष्टाचारको मुद्दा चलाउन सिफारिस गरेको छ ।

तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाई नियुक्त गरेको भन्दै भ्रष्टाचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको हो ।

विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा नियुक्ति दिइएको भन्दै सतर्कता केन्द्रले कार्यकारी अध्यक्ष सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ ।

सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुई जना उपसम्पादक, ७ जना समाचारदाता, एक जना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गरेका थिए। यसरी नियुक्त गर्दा विधि र प्रक्रिया मिचेको केन्द्रको निष्कर्ष छ ।

प्रतिक्रिया