एकीकृत समाजवादीले एमसीसी कार्यन्वयनको अवस्थाबारे बुझ्न अनुगमन समिति बनाउने

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न अनुगमन समिति बनाउनने भएको छ । गत असार २९ गते सुरु भएर साउन ५ गते सम्पन्न पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै एमसीसी कार्यान्वयनको अवस्था बुझ्न अनुगमन समिति बनाउने निर्णय भएको जानकारी दिएको हो ।
साथै बैठकले एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्नेसहित ५ वटा निर्णय गरेको जानकारी निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीका बारेमा निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट अनुगमन समिति बनाउने जानकारी दिए ।
पार्टीको सचिवालय बैठकले समाजवादी मोर्चाका दलबीच मतभिन्नता भएपनि साझा बुँदामा सहमति जनाउने पनि निर्णय गरेको छ । त्यस्तै मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टी पंक्तिलाई प्रष्ट पार्ने पनि नेकपा एसले निर्णय गरेको छ ।
साथै समाजवादीले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १९ र १९ गते पोलिटब्युरो तथा २१ र २१ केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने निर्णय गरेको छ ।
बैठकले विभिन्न ५ वटा प्रस्ताव पारित गरेको छ । जसमा देशको आर्थिक अवस्था मजबुत बनाउन, कृषि क्षेत्रमा ठोस योजना र प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सरकारसँग माग गरेको छ । त्यसैगरी मिटरब्याज समस्या, लम्पी स्कीनबाट पीडित किसानलाई क्षतिपूर्ति र राहत, सहकारी पीडितहरुलाई कारबाही र भ्रष्टाचारविरुद्धको कारबाही नरोक्न सरकारसँग माग गरेको छ ।
यस्ता छन् बैठकका निर्णय :

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया