वरिष्ठ सई पौडेलको होटल संचालकबाट हत्या भएको प्रहरीको निष्कर्ष
मेरोन्यूज
२०८० साउन १० गते १९:०८

बागलुङ । वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । बडिगाड गाउँपालिका–६ को आसा खाजा घर तथा रेस्टुरेन्टमा खाजा खान गएका पौडेल सोमबार राति साढे १२ बजे मृत भेटिएका थिए ।
होटल संचालक आसा कुँवरसँग भनाभन भएपछि आसा र उनका छोरा विनोदले पौडेलको टाउकोमा मुक्का हानेर बेहोस बनाइ पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको सोमबार राति साढे ११ बजेतिर हत्या देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।
बुधबारै प्रहरीले होटल संचालक कुँवरका आमाछोरालाई जिल्ला अदालतमा पेस गरेको थियो । अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको हो । मृतक पौडेल केही समयअघि भीआईपी पिएसओमा काठमाडौंमा कार्यरत थिए ।

सम्बन्धित
















Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
Number of water birds declines in Nepal in recent years
Pakistan reiterates call for full implementation of UNSC Resolution 47
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया