घुस लिएको आरोपमा बरिष्ठ प्रहरी हबल्दार पक्राउ
मेरोन्यूज
२०८० साउन ११ गते ७:२५

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत बरिष्ठ हबल्दार विष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं २ वासिकबाट पक्राउ गरेको हो ।
खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका थिए ।
सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित सहित पक्राउ गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
सम्बन्धित
















निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया