आइतबार, फागुन १०, २०८२

एक क्विन्टल सुन प्रकरण

गृहमन्त्रीले निरीक्षण गरेको एक सातापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्रीको निरीक्षण

मेरोन्यूज २०८० साउन ११ गते ११:१०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेको एक सातामा अर्थमन्त्री डा प्रकशशरण महत पनि विमानस्थल निरीक्षणमा पुगेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

विमानस्थलबाट गत बुधबार एक सय किलो सुन विमानस्थलबाट बाहिर निस्कने वित्तिकै राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर प्रक्राउ गरेपछि विमानस्थलका भन्सार कर्मचारी र प्रहरीमाथी प्रश्न उठिरहेको छ । प्रमुख प्रतिपक्ष एमालेले समेत गृहमन्त्री र अर्थमन्त्रीमाथी प्रश्न उठाउँदै उच्चस्तरीय छानविनको माग गदै संसदन अवरोध गरेको भोलिपल्टै आज अर्थमन्त्री विमानस्थल निरीक्षणका लागि पुगेका हुन् ।

विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।

गत वुधबार राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो ।

उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् ।

विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ ।

तस्करीमा संलग्न भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको भन्दै नागरिकस्तरबाट प्रश्नसमेत उठ्ने गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यीनकरण हुने बताए ।

त्यससँगै त्यहाँ जडित प्रविधिलाई पनि समयअनुकूल स्तरोन्नती गर्नुपर्ने उनको भनाइ छ । प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने कुराहरुमा पनि अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने मन्त्री महतले बताए ।

‘एउटैको भूमिकाले पूरा नतिजा आउँदैन । नाकालाई दुरुपयोग गर्ने, तस्करी गर्ने, अवैध कारोबार गर्ने प्रवृत्तिलाई टोटल रोक्नका लागि सबै निकायको समन्वयकारी भूमिका आवश्यक छ,’ मन्त्री महतले भने, ‘कुनै बहानामा हामीले उदासिनता देखाउने या आ-आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने मान्य हुन सक्दैन ।’

प्रतिक्रिया