आइतबार, फागुन १०, २०८२

कोशीका सभामुख गौतमले राजीनामा दिएर सरकार गठन गर्न सहयोग नगर्ने

मेरोन्यूज २०८० साउन ११ गते १८:२८

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएर सत्ता गठबन्धनलाई सरकार गठनका लागि सहयोग नगर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आफूसमेतको हस्ताक्षरबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका सांसदीय दलका नेता उद्धव थापाको बदर गर्ने फैसला सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार गरेपछि सभामुख गौतमले राजीनामा दिएर फेरि बुहमतीय सरकार गठनका लागि सत्ता गठबन्धनलाई सहयोग गर्ने मनसायमा आफू नरहेको बताएका हुन् ।

मुख्यमन्त्री थापाको नियुक्ति बदर भएपछि गौतमले सभामुखबाट राजीनामा दिने र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न सहयोग गर्ने चर्चा भइरहेका बेला गौतमले राजीनामा दिएर सहयोग गर्ने सम्भावना नरहेको बताएका हुन् ।

‘विपक्षीले राजीनामा मागेका छैनन्। सर्वोच्चले पनि राजीनामा दिनु भनेको छैन । अब राजीननामा दिएर सहयोग गर्ने सम्भावना छैन’, गौतमले भने ।

उनले आफूले सभामुखबाट राजीनामा दिएर सघाएर सरकार बनाउँदा विकृति र अस्थिरता निम्त्याउने र दिगो समेत नहुने बताएका छन् ।

गौतमको यो भनाइले सत्ता गठबन्धनलाई भने अफ्टेरो परेको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा अहिले सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनसँग ४६÷४६ सांसद संख्या छ । अन्य तरिकाबाट बहुमत पुग्ने अवस्था नरहेपछि सत्ता गठबन्धनले सभामुख गौतमको हस्ताक्षर समेतलाई जोडेर मुख्यमन्त्रीमा दाबी पेस गरेको थियो ।

प्रतिक्रिया