दलितलाई घरबाट जबरजस्ती निकाल्ने ताराप्रसाद एक लाख धरौटीमा छुटे

काठमाडौँ । आफ्नो घरमा कोठा भाडामा बस्नेहरू दलित भएको थाहा पाएपछि जबरजस्ती घरबाट निकाल्ने घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर रिहा भएका छन् ।
पोखरेललाई दाङ प्रहरीले जातीय विभेद मुद्दामा असार १६ गते पक्राउ गरेको थियो ।
जिल्ला अदालत दाङले बिहीबार ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि तोकिएको धरौटी बुझाएर पोखरेल छुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ वर्षीय महेन्द्र विकसहित उनका परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबरजस्ती घरबाट निस्कन उर्दी जारी गरेका थिए। उनीहरूका कोठाका सामान बाहिर फालिदिएका थिए।
त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए।
जाहेरीका आधारमा प्रहरीले ताराप्रसादलाई नियन्त्रणमा लिएको थियो।
















प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया