झलनाथले फरक मत लाने तयारी गरेपछि एकीकृत समाजवादीका सबै तहका बैठक स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले फरक मत लैजाने गरी तयारी गरेपछि एकीकृत समाजवादीले पार्टीका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । अध्यक्ष माधव कुमार नेपाल शनिबार तीन देशको भ्रमण सकेर स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगन भएका हुन् ।
पार्टीको लागि दूरगामी महत्वका राजनीतिक र सांगठनिक विषयहरूमा छलफल गर्न तथा निर्णय लिन आयोजना गरिएको सचिवालयसहित सबै बैठक पर्याप्त तयारी हुन नसकेको कारण अर्को सूचना नभएसम्म स्थगित गरिएको उपमहासचिव गंगालाल तुलाधरले बताए ।
यसअघि नेकपा एसले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।
बैठकमा झलनाथ खनालले पार्टी अहिले हिडिरहेको बाटो र माधव नेपालको प्रस्तावमा फरक मत लैजाने तयारी गरेका थिए । नेता खनालले फरक मत लाने तयारी गरेपछि त्यसले पार्टीभित्र थप समस्या सिर्जना गर्न सक्ने ठानेरै नेपालले स्वदेश फर्केलगत्तै निर्धारित बैठक रोकेको एक नेताले मेरोन्यूजलाई बताए ।

















चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रौतहटमा अनिश्चितकालीन कर्फ्यु
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया