सुन तस्करी प्रकरण
रातभर राजस्वको अप्रेशन, ठमेलको होटल भियना र टोखाको एक फ्याक्ट्रीमा छापा
अहिलेसम्म १८ जना पक्राउ, थप अनुसन्धान जारी

काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार रातभर ठमेल र टोखा क्षेत्रमा अप्रेसन चलाएको छ । ठमेलको भियना होटल र टोखाको एक फ्याक्ट्रीमा विभागनको टोलीले छापा मारेको छ ।
विभाग स्रोतका अनुसार टोखाको फ्याक्टीमा सुन गाल्ने र रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने मेसिन नै फेला परेको छ । फ्याक्ट्री छापा मारेर राजस्वको टोलीले अहिले सिल गरेर राखेको छ । विभागको टोलीले टोखाको फ्याक्टीबाट आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।
त्यस्तै ठमेलको होटल भियनामा पनि राजस्वको टोलीले छापा मारेको छ । होटललाई पनि अहिले सिल गरिएको छ । राजश्व अनुसन्धान विभागको टोलीले भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको छ । होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।
‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भने । यद्यपि, कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन ।
अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ ।
त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । ४ साउनमा यो प्रकरणमा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ज्यास्याङ लिन पक्राउ परेका थिए ।
हालसम्मको अनुसन्धानले सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये सबैभन्दा उच्च तहका उनी नै भएको देखिएको छ ।
पक्राउ परेका मध्ये एक आरोपीको बयानका आधारमा विभागको टोली टोखाको फ्याक्ट्रीसम्म पुगेको हो ।
















Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
Number of water birds declines in Nepal in recent years
Pakistan reiterates call for full implementation of UNSC Resolution 47
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया