पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्याे
मेरोन्यूज
२०८० साउन १४ गते १३:४०

बुटवल । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
सडकमा सवारीको लाइन लामो भएपछि केही समय अघिबाट एकतर्फी यातायात सवारी सञ्चालन गरिएको दोभान प्रहरी चौकीले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान ड्यामसाइड क्षेत्रमा ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोले सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश विन्दुको रिबमा क्षतिसमेत पुर्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
सडक खुलेसँगै बिहानैदेखि सडकमा अलपत्र परेको यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । पहिरो हटाउने काम भने अझै बाँकी नै रहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया