ब्लू स्काइको एक दिने सेमिनार हुँदै, रसियन नेल आर्टिस्ट डिनाले डेमाे देखाउने

काठमाडाैं। ब्लू स्काइ ब्युटि सैलुन एण्ड एकेडेमीको आयोजनामा यसै साउन २० गते ‘लुक एण्ड लर्न’ शिर्षकमा एक दिने सेमिनारको आयोजना हुँदैछ । झम्सिखेलमा हुन लागेको उक्त सेमिनारमा चर्चित रसियन नेल आर्टिस्ट डिना उमारोभाको उपस्थिति रहनेछ ।
चर्चित रसियन नेल आर्टिस्ट डिना ब्लु स्काइ ब्राण्डको एसिया प्यासिफिक एम्बेसडर हुन् । विश्वमा ३ लाख ७० हजार प्रयोगकर्ताहरु भएको यो ब्राण्ड हालसम्म ६७ देशमा फैलिएको छ ।
ब्लु स्काइ महिलाहरुको नङ सजावटमा प्रयोग हुने ग्लोबल ब्राण्ड हो । कुनै पनि असर गर्ने खालका केमिकल प्रयोग नगरिएको ब्लु स्काइ पछिल्लो समयमा लोकप्रिय ब्राण्ड हो । नेपालमा यसको आधिकारिक डिस्ट्रिब्युटर ब्युटि बियोन्ड, बागबजारले गर्दै आएको छ ।
लुक एण्ड लर्न सेमिनार फट्टाजु फर्निचरले आयोजना गरेको हो । जसमा १ सय ५० जना भन्दा बढी ब्युटिसियनको सहभागिता रहनेछ । नेल आर्टिस्ट डिनाले सेमिनारमा सहभागिहरूलाई नेल आर्टको डेमो देखाउँने छिन् ।
‘यो सेमिनारले विश्वमा चलेको नया“ ट्रेन्डलाई पछ्याउन खोजेको हो ।’ ब्लू स्काइ ब्युटि सैलुन एण्ड एकेडेमीकी सीईओ रोजिना श्रेष्ठले भनिन्, ‘हाम्रा दिदी, बहिनीहरुलाई यसबारेमा सीप सिकाएर उद्यमी बनाउने र नेल आर्टका क्ष्ँेत्रमा अन्तर्राष्ट्रिय बजारस“ग प्रतिपष्र्धा गर्न सक्ने उत्कृष्ट नेल आर्टिस्ट उत्पादन गर्नु हाम्रो लक्ष्य हो ।’









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै कर्णाली
प्रतिक्रिया