कस्ताे रहनेछ तपाईंकाे आजकाे दिन ?, हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज साउन १७ गते मंगलबार । अधिक साउन कृष्ण प्रतिपदा। अगस्ट २ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- इच्छित कार्य सम्पन्न हुनाले मन शान्त रहनेछ र आत्मविश्वास बढ्नेछ। बेलुका आफन्तको भेटघाटको कार्यक्रम पनि बन्नेछ । आज अनुभवी ब्यक्तिहरुको मार्गदर्शनको पालना गर्नु उपयुक्त हुनेछ ।
वृष- दिनको सुरुमा केही घरेलु समस्या आउनेछ तर चाँडै समाधान पनि मिल्नेछ। धार्मिक तथा आध्यात्मिक झुकाव भएका व्यक्तिहरूसँग केही समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। शुभचिन्तकको सहयोगले लामो समयदेखि रोकिएको काम पूरा हुने सम्भावना छ ।
मिथुन- लामो समयदेखि प्रयास गरिरहेको अवसर मिल्ने सम्भावना छ। प्रबल इच्छाशक्ति र आत्मविश्वासले महत्त्वपूर्ण कार्यहरू पूरा हुनेछन्। धर्ममा पनि रुचि रहनेछ।
कर्कट- आजकाे दिन रमाइलोमा बित्नेछ । आत्मविश्वास महसुस हुनेछ। बोरिङ दिनचर्याबाट पनि राहत मिल्नेछ। प्रतियोगिताको तयारीमा लागेका युवालाई शुभ समाचार सुन्न पाइनेछ । महत्त्वपूर्ण निर्णय लिनु अघि वरिष्ठ व्यक्तिकाे सल्लाह लिनु उपयुक्त हुनेछ ।
सिंह- आज केही विशेष व्यक्तिहरूसँग भेटघाटको अवसर मिल्नेछ। विद्यार्थीको पढाइ सम्बन्धि चलिरहेकाे समस्या समाधान हुनेछ। व्यक्तिगत मामिलामा बाहिरी व्यक्तिको हस्तक्षेपका कारण मन अलिकति अशान्त रहनेछ। पारिवारिक मामिलामा निर्णय लिँदा विवेक प्रयोग गर्नुस्।
कन्या- आजको दिन तपाईका लागि केही नयाँ अवसर ल्याउनेछ । साथै जिम्मेवारी पनि बढाउनेछ । अनुभवी व्यक्तिको संगतले तपाईमा सकारात्मक उर्जा उत्पन्न हुनेछ। कुनै सरकारी मामिला अड्किएको छ भने आजै समाधान गर्नु उपयुक्त हुनेछ ।
तुला- ग्रहको स्थिति भाग्यशाली रहनेछ। बुधबार अवसरको सही सदुपयोग मात्र गर्नुहाेला । खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्नाले भित्री आनन्द मिल्नेछ। ऋण लिने योजना भए राम्ररी साेच विचार गर्न आवश्यक छ।
वृश्चिक- तपाईको आत्मविश्वास कायम रहनेछ । लामो समयदेखि चलिरहेको कुनै दुविधाबाट राहत मिल्नेछ। सामाजिक कार्यमा सम्मान मिल्नेछ। अहंकारले काम पनि बिग्रन सक्छ । अरूको मामिलामा हस्तक्षेप नगर्नुहोस्।
धनु- भाग्य र कर्म दुवैले सहयोग गर्नेछन्। घरको मर्मत सम्भार सम्बन्धी योजना चलिरहेको भए आजै कार्यान्वयन गर्नु लाभदायिक हुनेछ । आफन्तको रोकिएको काम तपाईको प्रयासले समाधान हुन सक्छ।
मकर-विशेष व्यक्तिलाई भेट्ने अवसर मिल्नेछ । र आत्मसम्मान र आत्मविश्वास बढ्नेछ। परिवारसँग सम्बन्धित समस्या धैर्य र शान्तिका साथ समाधान गर्नुहोला।
कुम्भ- घरका ज्यष्ठ व्यक्तिहरूको सहयोग र मार्गदर्शनले केही विशेष कार्यहरू पूरा हुनेछन् । र सँगै आर्थिक समस्याहरू पनि समाधान हुनेछन्। आफन्तसँगको मतभिन्नता सुल्झनाले सम्बन्धमा सुधार आउनेछ। तनावलाई आफूमाथि हावी हुन नदिनुहोस् । मनोबल कायम राख्नुहोस्।
मीन- नम्र व्यवहारले मानिसहरु तपाईप्रति आकर्षित हुनेछन् । दिनको धेरैजसो समय आर्थिक काममा बित्नेछ । र तपाईले राम्रो नतिजा मिल्नेछ। कुनै पनि प्रतिकूल परिस्थितिमा आत्मविश्वास कायम राख्नुहोस्। वैदेशिक रोजगारीमा जाने व्यक्तिको कागजी काममा केही बाधा आउन सक्छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया