शनिबार, फागुन ९, २०८२

प्रधानमन्त्रीकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेँ, दोषी पार्टीकै भएपनि छोड्दिन : गृहमन्त्री श्रेष्ठ

मेरोन्यूज २०८० साउन १८ गते १३:२१

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार जारी केन्द्रीय समिति बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले प्रधानमन्त्रीकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका हुन् । उनले अनुसन्धानका क्रममा आफ्नै पार्टीका नेता कार्यकर्ता दोषी पाइएपनि नछाड्ने प्रतिवद्धता जनाए ।

सरकार पछिल्लो समय भ्रष्टाचार विरोधी अभियानमा लागिपरेकाे छ । भ्रष्टाचार प्रकरणमा माओवादीकै नेताहरुकाे पनि नाम जाेडिएकाे छ । सरकारले यसबारे छानबिन गरिरहेको छ ।

जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् । पहिलाे दिन बुधबारकाे बैठकमा १८ जना बोलेका थिए।

प्रतिक्रिया