एनआरएनए विश्व सम्मेलन अक्टोवर १७-२० मा काठमाडौँमा हुने

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवर सम्म काठमाण्डौंमा हुदैछ ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार आइतवार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलन समेत सोहि अवधिमा गर्ने औपचारिक निर्णय गरेको हो ।
सो बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । डा। केसीका अनुसार संघको युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ । यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क भएका कारणले संघको आलोचना हुदै आएको थियो । बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ ।
पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फट आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयवाट केन्द्रमा सिफारिश गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
बैठकले असन्तुष्ट पक्षसँग गत जुन महिनामा भएको सहमतिलाई अगामी १२ अगष्टमा हुने विशेष अधिवेसनबाट अनुमोदन गर्ने निर्णय गरेको छ । यस्तै गत हप्ता गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभामा अध्यक्ष रविना थापा लगायत संघका केन्द्रीय पदाधिकारीहरु माथि भएको अपमानजनक व्यवहारको निन्दा गर्दै निवर्तमान कार्यसमितिलाई पत्र मार्फत सचेत गराउने निर्णय गरेको छ ।
बैठकले संघको ११ औं महाधिवेसनमा नयां नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
यस्तै, बैठकले संघका नयां निर्वाचित राष्ट्रिय समितिका अध्यक्ष तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिने निर्णय गरेको छ । संघको निर्वाचन सम्बन्धी कार्यतालिका भने पछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।
संघको नयाँ नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले आ आफ्नो तयारी सुरु गरेका छन् ।
यस्तो थियो पुरानो उम्मेदवारी शुल्क
निर्वाचन समितिले अध्यक्षका लागि १० लाख रुपैँया वा १० हजार अमेरिकी डलर शुल्क तोकेको थियो भने उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख रुपैँया वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैँया वा ५ हजार अमेरिकी डलर र सहकोषाध्यक्षमा उम्मदेवारी दर्ता गर्न ४ लाख रुपैँया वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएको थियो ।
यस्तै महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मदेवारी दिन ३ लाख ५० हजार रुपैँया वा ३५ सय अमेरिकी डलर शुल्क तोकिएको थियो ।
निर्वाचन समितिले गरेको निर्णयअनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ लाख ५० हजार रुपैँया वा २५ सय अमेरिकी डलर शुल्क तोकिएको छ । यस्तै आइसीसी सदस्यमा उम्मदेवार बन्नका लागि १ लाख रुपैँया वा १ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने थियो ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया