मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा

काठमाडौँ । मछिन्द्र फुटबल क्लवले एएफसी कपको प्रारम्भिक छनोटको दोस्रो चरणमा पुगेको छ । मंगलबार भएको प्रारम्भिकको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोलले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि बिमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे । त्यस्तै पारोले एक गोल उपाहार पाएको थियो भने अर्को गोल इभान्स असान्तेले गरेका हुन् ।
खेलको सातौं मिनेटमा उपहार गोलले पारो एफसीले अग्रता बनाएको थियो । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले क्लियर गर्ने क्रममा बललाई आफ्नो पोस्टतर्फ पन्च गर्र्न पुगेका थिए ।
खेलको १२ औं मिनेटमा मछिन्द्रले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो । मछिन्द्रका लागि स्ट्राइकर बिमल घर्तीमगरले गोल गरेका हुन् । डिबक्सबाहिरबाट आयुष घलानले उपलब्ध गराएको बलमा हेडिङ गदै बिमलले गोल गरेका थिए ।
खेलका १६ औं मिनेटमा मछिन्द्रले आयुष घलानको गोलमा पारो एफसीविरुद्ध अग्रता बनायो । उनले बिमलको पासमा बक्सभित्रबाट सुन्दर गोल गरेका हुन् ।
खेलको ३९ औं मिनेटमा मछिन्द्रका लागि अफिज ओलाओलेले ओमोलाजा करिमको पासमा बक्सभित्रबाट गोल गर्दै मछिन्द्रलाई ३–१ गोलको स्थितिमा पुर्याए ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७१ औं मिनेटमा इभान्स असान्तेले पारो एफसीका लागि गोल गरेका हुन् ।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया