आज राष्ट्रिय भू-संरक्षण दिवस

काठमाडौं । आज बुधवार राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदैछ ।
बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।
विभागको स्थापनासँगै जिल्लास्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह शुरू गरिएको थियो । विक्रम संवत् २०३१ सालदेखि ‘भूसंरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भूसंरक्षण दिवस’का रूपमा मनाउने गरिएको छ ।
विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयो लगायत बोटबिरुवा रोपेर दिवस मनाइँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ ।
संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया