आइतबार, वैशाख २०, २०८३

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

मेरोन्यूज २०८२ फागुन ५ गते २१:१६

काठमाडौं। नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ परेका छन्। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई मंगलबार दिउँसो काठमाडौंको टेबहालबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement
NiccNicc

प्रहरीका अनुसार सो पार्टीले निर्वाचन बहिष्कारको घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएपछि बाँस्तोलालाई पक्राउ गरिएको हो। पार्टीका अन्य केही नेताहरू पनि निगरानीमा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। यस्तै, दुर्गा प्रसाईं निकट एसपी साहलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि पनि निर्वाचन अवरोध गर्ने गतिविधिमा संलग्न भएको आरोप छ।

यसअघि सोमबार प्रहरीले दुर्गा प्रसाईंलाई समेत पक्राउ गरेको थियो। उनलाई चार दिनसम्म थुनामा राख्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको छ।सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

प्रतिक्रिया