नाइस अवार्डको रकम पत्रकारको उपचारमा

काठमाडौं । सामाजिक क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै प्रदान गरिंदै आएको ‘नाइस अवार्ड २०२३ सञ्चारकर्मी झलक गैरेलाई प्रदान गरिएको छ ।
प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणा, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्यसमेत रहेका नाइस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाह र आयोजक संस्थाका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका छन् । नगद दश हजार सहितको अवार्ड प्रदान गरिएको नाइस नेपालगन्जले जनाएको छ ।
पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याए बापत नाइस अवार्ड प्रदान गरि सम्मान गरिएको संस्थाका अध्यक्ष भट्टले जानकारी दिए ।
सम्मानित पत्रकार गैरैले पुरस्कारबाट प्राप्त सबै रकम नेपालगन्जका एक सञ्चारकर्मीको स्वास्थ्य उपचारमा प्रदान गर्ने घोषणा गरेका छन् । उनलाई अवार्डसँगै १० हजार रुपिया पुरस्कार प्रदान गरिएको थियो । झण्डै तीन दशक सञ्चारकर्ममा आबद्ध गैरै दैनिक नेपालगन्ज पत्रिकाका प्रकाशक एवं प्रधानसम्पादक हुन् ।
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया