शुक्रबार, फागुन ८, २०८२

माओवादी नेताहरुको एकपछि अर्काे चीन भ्रमण, महासचिव गुरुङ आज चीन जाँदै

जेठयता मात्रै माओवादीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षले चीनको भ्रमण गरिसकेका छन्

मेरोन्यूज २०८० साउन २५ गते ११:५८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेताहरुको एकपछि अर्काे चीन भ्रमण भईरहेको छ । जेठ यता मात्रै माओवादी नेताको यो तेस्रो चीन भ्रमण हो ।

Advertisement
nepal life insurencenepal life insurence

माओवादी केन्द्रका महासचिव देव गुरुङ यसपटक चीन भ्रमणमा जान लागेका हुन् । उनी बिहीबार (आज) दिउँसो तिब्बत एयरको उडानबाट चीन प्रस्थान गर्ने भएका हुन् ।

त्यसबीचमा अर्का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चीनको छेन्दु भ्रमण गरेका थिए । यस अगाडी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा २० सदस्यीय टोलीको नेतृत्व गरेर माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा जेठ ६ गते चीन गएका थिए । तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ भ्रमण गरेर १८ जेठमा यो टोली फिर्ता भएको थियो ।

त्यसपछि पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई प्रमुख वक्ताको रुपमा सम्वोधन गर्न माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ असार १३ मा चीन भ्रमणमा छेन्दु पुगेका थिए । सात सदस्यीय टोलीको नेतृत्व गर्दै पुगेका श्रेष्ठले चीनका उपप्रधानमन्त्री ह लि फङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

उनी असार १७ मा स्वदेश फर्किएका थिए । श्रेष्ठको भ्रमण पार्टीगत रुपमा नभई सरकारीतहमा भएपनि भ्रमणका क्रममा उनले दुई देशका कम्युनिष्ट पार्टीहरुको सम्वन्धका बारेमा पनि चीनका नेताहरुसँग छलफल गरेका थिए ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पनि सेक्टेम्बर मा चीन भ्रमणको तयारीमा छन् । उनको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।

प्रतिक्रिया