सहमतिपछि कपनको खहरे खोला खुला गर्न सुरु गर्यो काठमाडौँ महानगरले

काठमाडौं । काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच सहमति भएपछि कपनको खहरे खोला खुला गर्न सुरु भएको छ । बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका–७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न काठमाडौँ महानगरले सुरु गरेको हो ।
हिजो बिहानदेखि रोकिएको खोला वरपरको संरचना हटाउने कार्य आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि सहमति भएर सुरु भएको हो ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १०, १२ तथा काठमाडौं महानगरपालिका वडा नं ६ र ७ को सिमा एकिन गरि नाप नक्सा गर्न नापी कार्यालय चाबहिलमा पुगेका महानगरको वडा नं ६, ७ का वडा अध्यक्ष र बुढानिलकण्ठको १०,१२ का वडा अध्यक्षबीच तीन बुँदे सहमति भएको थियो ।
धोबीखोलादेखि साततल्ले सम्मको बुनपा १० र कामनपा ७ को सिमा भागमा नापजाँच भई वाल लगाई सकिएकाले त्यो भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाईप निकाल्ने सहमति भएको छ । धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो ,साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार महानगरले बेलिब्रीज (पुल निर्माण) गर्ने सहमति पनि भएको छ ।
साततल्ले चोकदेखि माथि बुनपा १०, १२ र कामनपा ६ मा दुबै तर्फका जग्गाधनीको नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर र नगरपालिकाको सिमाना र खहरे भाग रेखांकन गरि छुट्याउने सहमति भएको छ ।
नापजाँचबाट सिमा एकिन गरि खहरे भाग समेत छुट्याएपछि, दिर्घकालिन समस्या समाधान हुने गरी योजना बनाई खहरे तथा बाटो ब्यबस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाअध्यक्षहरुको लिखित सहमतिमा दोश्रो चरणको काम सुरु गर्ने सहमति पत्रमा उल्लेख छ ।
दुबै तर्फबाट काममा सहजीकरण गरि बिबाद निरुपण गर्ने सहमति भएसँगै खोला खुल्ला गर्ने काम सुरु भएको हो । सहमतिमा काठमाडौं महानगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष अध्यक्ष बिमल होडा वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामा र बुनपाको तर्फबाट वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई र १२ नम्बरका वडाध्यक्ष शम्भु भट्टराईले हस्ताक्षर गरेका छन् ।










नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया