कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज साउन २७ गते शनिबार । अधिक साउन कृष्ण एकादशी। अगस्ट १२ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- मानसिक तनावबाट मुक्ति पाइने छ। स्वास्थ्य राम्रो रहनेछ । व्यवसायको लागि कार्य योजना बनाउन आजकाे समय उत्तम छ ।
वृष- आजको दिन तपाईको लागि राम्रो रहनेछ। नयाँ घर वा सवारी साधन खरिद गर्ने योजना बन्न सक्छ । केही विशेष कामका कारण लामो यात्रामा जानुपर्ने हुनसक्छ । व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । परिवारमा शुभ समाचार सुन्न पाइनेछ ।
मिथुन- यात्रा गर्दा सावधानीपूर्वक सवारी साधन चलाउनु होला अन्यथा दुर्घटना हुन सक्छ। मौसमी रोगको चपेटामा पर्न सकिने छ। आज कुनै नयाँ कामको थालनी नगर्नुहोस्, घाटा हुन सक्छ । घरपरिवारमा श्रीमती र सन्तानसँग मतभेद हुन सक्छ।
कर्कट- अनावश्यक विवादमा फस्न सकिनेछ। त्यसैले आफ्नो बोलीमा संयम राख्नुहोस्। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा कसैको स्वास्थ्य बिग्रन सक्छ। व्यापारमा कुनै ठूलो लेनदेन नगर्नुहोस्, घाटाको सम्भावना छ। अदालतमा चलिरहेको मुद्दामा लाभ मिल्नेछ।
सिंह- मानसिक तनावबाट हुनेछ । घरपरिवार र काममा प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। तपाईंका सहयोगीहरूले तपाईंलाई छोड्न सक्छन्। आज सम्पत्ति सम्बन्धी विवाद पनि उठ्न सक्छ ।
कन्या- आज तपाईको दिन शुभ रहनेछ। दिमागमा नयाँ कामको लागि कुनै योजना चलिरहेको छ भने, आजैबाट सुरु गर्न सक्नुहुन्छ। सफलता मिल्नेछ । घरपरिवारमा पत्नीको स्वास्थ्यमा सुधार हुनेछ, शुभ कार्यको सम्भावना सृजना हुनेछ।
तुला- आज तपाई सम्पत्ति सम्बन्धी विवादमा फस्न सक्नुहुन्छ। तपाईको सानो लापरवाहीले तपाईलाई ठूलो नोक्सान पुर्याउन सक्छ। सवारी साधन चलाउँदा सचेत रहनुहोस् । परिवारमा वृद्धको स्वास्थ्य बिग्रन सक्छ। अत्याधिक कामका कारण दौडधुपको कारण शारीरिक थकान महसुस हुनेछ।
वृश्चिक- आज तपाईंले केही कुरालाई बेवास्ता गर्नुहोला, अन्यथा पारिवारिक सम्बन्धमा मतभेद बढ्न सक्छ। पुरानो घरायसी विवादमा फेरि अल्मलिनेछ, जसका कारण मन अशान्त रहनेछ। कुनै पनि नयाँ व्यापार(व्यवसाय मन बन्न सक्छ। साझेदारीमा सावधान रहनुहोस्।
धनु- आजको दिन तपाईको लागि राम्रो रहनेछ। परिवारसँग रमाइलो पल बित्नेछ । मौसमी रोगका कारण श्रीमती तथा सन्तानको स्वास्थ्य बिग्रन सक्छ । व्यापार–व्यवसायमा नयाँ साझेदारी बन्ने छ । तपाईं एक ठूलो लेनदेन वा ठूलो सम्झौता प्राप्त गर्नुहुनेछ। जसका कारण आर्थिक स्थितिमा सुधार आउनेछ ।
मकर- आज आमाबुवा र श्रीमती बीच विवाद हुन सक्छ, जसका कारण तपाईको मन अशान्त रहनेछ। श्रीमतीले परिवारको लागि ठूलो निर्णय लिन बाध्य पार्ने सम्भावना छ। व्यापार व्यवसायमा आर्थिक अवस्था राम्रो रहनेछ । नयाँ परियोजनामा साझेदार बन्न सक्नुहुन्छ। नयाँ भवन वा सवारी साधन किन्ने सोच बन्न सक्छ ।
कुम्भ- कसैले तपाईको विरुद्धमा ठूलो षड्यन्त्र रच्न सक्छ। जसका कारण आर्थिक नोक्सानी बेहोर्नु पर्नेछ । स्वास्थ्य बिग्रन सक्छ। वैदेशिक यात्राको सम्भावना छ ।
मीन- परिवारमा कोही धार्मिक यात्रामा जान सक्छ। कामको अत्याधिक दौडधुपले स्वास्थ्यमा केही चिसो रहनेछ। श्रीमतीसँग मनमुटाव हुनसक्छ । व्यापारमा ठुलो कुरा हातबाट निस्कन सक्छ, जसका कारण आर्थिक हानि हुन सक्छ। वादविवादबाट टाढा रहनुहोस् र वाणीमा संयम राख्नुहोस्।
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया